रोमाञ्चक फाइनलमा नेपाल पराजित

स्वर्णिम खबर
१० कार्तिक २०८०, शुक्रबार १७:४५

१० कार्तिक, हेटौँडा । नेपाल त्रिकोणात्मक ट्वान्टी–२० श्रृंखलाको फाइनलमा शुक्रवार संयुक्त अरब इमिरेट्स (युएई) सँग चार विकेटले स्तब्ध भएको छ ।
पाहुना टोली युएई फाइनलमा बलिङ र ब्याटिङ दुवैमा हाबी भएपछि नेपालले श्रृंखलाको उपाधि गुमाएको हो । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा एक सय ६३ रनको लक्ष्य युएईले निर्धारित २० ओभर सकिन एक बल बाँकी छँदा नै ६ विकेट गुमाएर पूरा ग¥यो । लक्ष्य पछ्याउने क्रममा युएईले निकै उत्कृष्ट शुरुवात गरेको थियो । युएईका ओपनरद्वय मोहम्मद वासिम र आर्यन्स शर्माले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टोलीलाई जित आधार बनाए । यो जोडीले पहिलो विकेटका लागि ४१ बलमा ७१ रनको साझेदारी गरे । वासिम ४५ रन र शर्मा २५ रनमा आउट भए ।


नेपालका लागि अभिनाश बोहरा र गुल्सन झाले समान २–२ विकेट लिए । त्यस्तै कुशल मल्ल र करण केसीले पनि समान १–१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ६२ रनको योगफल बनायो ।नेपालका ओपनर कुशल भुर्तेलले ५० रनको अर्धशतकीय योगदान गरे । उनले २८ बलमा ६ चौका र तीन छक्का प्रहार गरे ।
आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एशियाली क्वालिफायरको तयारी स्वरूप खेलिएको श्रृंखलामा नेपालले समूूहका चारै खेलमा जित निकाले पनि फाइनलमा भने पराजित हुन पुग्यो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*