मकवानपुरबाट २ करोड रुपैयाँभन्दा बढीको खसी, बोका निर्यात

स्वर्णिम खबर
३० आश्विन २०८०, मंगलवार १७:४५

३० असोज, हेटौँडा । मकवानपुर जिल्लाबाट यस वर्ष २ करोड रुपैयाँभन्दा बढीको खसी, बोका निर्यात गरिएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगंजले मकवानपुरबाट २ करोड भन्दा बढीको खसी–बोका काठमाडौं पठाएका हो । यस वर्ष मकवानपुरबाट ९ सय खसी–बोका काठमाडौं पठाइएको छ । खसी बोका खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी वीरगंज शाखा प्रमुख विकास कटुवालको टोली तीन दिन अघि मकवानपुर आएको हो । मकवानपुरको स्थानीय तहमा गएर संस्थानले खसी बोका खरीद गरेको हो । बकैया, बागमती, हेटौंडा ८ स्थित संस्थानको साविकको कार्यालय र हेटौंडा १ चौकीटोल झोलुङे पुलबाट खसी बोका गरिद गरिएको हो । विगतको वर्षहरुमा जस्तै कृषकसँग सिधै सम्पर्क गरेर खाद्य संस्थानले खसी बोका खरीद गरेको शाखा प्रमुख कटुवालले बताउनुभयो ।

संस्थानले बागमती र बकैया गाउँपालिकाबाट मात्रै एक करोड ३० लाख मूल्य बराबरको खसीबोका खरीद गरेको छ । पालिका र बाख्रा व्यावसायी संघ मकवानपुरको समन्वयमा कृषकसँग खसी बोका खरीद गरिएको हो । किसानले उत्पादन गरेको खसी बोका सिधै उपभोक्ता सम्म पुग्नका लागी नेपाल व्यवसायिक बाख्रा पालक महासंघ मकवानपुर अध्यक्ष विवेक सुवेदीले बताउनुभयो ।


२० देखि २५ किलोग्रामसम्मको खसीलाई प्रति केजि ५ सय ८५ रुपैया र २५ किलोग्राम भन्दा बढीलाई प्रति केजि ६ सय ५ रुपैयाका दरले संस्थानले खरीद गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*