प्रवीण र श्रीराम एवम् सुशील थापा र तिमल्सिनाको जोडी फाइनलमा

स्वर्णिम खबर
२८ आश्विन २०८०, आईतवार १६:३८

२८ असोज, हेटौँडा । हेटौंडा ६ मा जारी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलका खेलहरु आइतबार सकिएको छ ।
रोहिनी स्वस्तिक बाल उद्यान संस्थाको आयोजनामा भएको प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका थिए । आइतबार भएको खेलहरुबाट प्रवीण गौतम र श्रीराम पुडासैनी एवम् सुशील थापा र सुशील तिमल्सिनाको जोडी फाइनलमा प्रवेश गरेका छन् । यी दुई टिमबीचको फाइनल खेल सोमबार बिहान हुनेछ । आइतबार नै हुने भनिएको फाइनल खेल हावाहुरीको कारण सोमबार बिहानको लागि सार्नुपरेको कार्यक्रम संयोजक हरेराम राईले बताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानिंयाले चौघडामा ब्याडमिन्टन कबर्डहलको निर्माणमा उपमहानगरले अग्रसरता देखाउने बताउनुभयो । पछिल्ला समयहरुमा क्रिकेट, फुटबल जस्ता चर्चित खेलहरुको बीचमा पनि ब्याडमिन्टनको लोकप्रियता बढ्दै गएको उपमेयर बानिंयाले बताउनुभयो । यस्ता खेलहरु स्वास्थ्यको दृष्टिकोणले पनि उपयोगी भएकोले खेल आयोजना गरेकोमा उहाँले आयोजकको प्रशंसा समेत गर्नुभयो ।


यसैगरी तेश्रो स्थानको लागि आइतबार भएको खेलमा हरेराम राई र गौतम राईको टिमलाई हराउँदै प्रमोद राई र अमित जिसीको टिम बिजयी भएको छ । शनिबार देखि भएको प्रतियोगिताको उपाधि बिजेता एवम् उपबिजेताहरुलाई नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने बाल उद्यान संस्थाको अध्यक्ष चर्तुजभुज राईले जानकारी दिनुभयो । कार्यक्रममा ६ नं. वडा अध्यक्ष विष्णु दाहाल, राष्ट्रिय भुमि आयोग मकवानपुरका सदस्य अर्जुनप्रसाद चौलागाई, आशा पाठशालाका अध्यक्ष बालकृष्ण चौलागाई, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*