उपयोगी सहस्राब्दी बचतको १५ औं वार्षिक साधारणसभा सम्पन्न
२७ असोज, हेटौँडा । हेटौंडा ११ स्थित उपयोगी सहस्राब्दी बचत तथा ऋण सहकारी संस्था लि.को शनिबार १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष दिनेश बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर राजेश बानिंया प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा उपमेयर बानिंयाले सहकारीको क्षेत्रमा संस्थाले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । सभामासचिव इन्द्रप्रसाद सापकोटाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रामेश्वर नगरकोटीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका शाखा प्रमुख रामेश्वर अर्याल, ११ नं. वडा अध्यक्ष जुना दाहाल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो ।