हेटौंडास्थित अख्तियारको कार्यालयले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

मनिल महतो
२४ आश्विन २०८०, बुधबार १५:५५

२४ असोज, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा स्थित कार्यालयले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ ।
हेटौंडा कार्यालयका प्रमुख नरहरी घिमिरेले ३३ औं प्रतिवेदन प्रदेश प्रमुख शर्मा समक्ष पेश गर्नुभएको हो । आयोगले बुझाएको वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शर्माले छिटो छरितो रुपमा न्याय सम्पादन हुनुपर्नेमा जोड दिनुभयो । ढिलो हुनु भनेको न्याय सम्पादन न्यान नपाउनु सरह हुने उहाँको भनाइ छ । भ्रष्टाचार नियन्त्रणका लागि सदाचार, निष्पक्षता, निर्भिकताका साथै सीघ्रता समेत आवश्य रहेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार निवारणका लागि आयोगले विद्यालय स्तरमा सञ्चालन गरेको कार्यक्रम प्रति प्रदेश प्रमुख शर्माले खुशी व्यक्त गर्नुभयो ।


प्रतिवेदन बुझाउँदै प्रमुख घिमिरेले आर्थिक वर्ष २०७९–८० मा हेटौंडा स्थित कार्यालयमा कारर्वाही गर्नुपर्ने उजुरी संख्या २ हजार ३ सय २६ रहेकामा ६२ दशमलब १६ प्रतिशत उजुरी प्ररम्भिक छानविनबाट फछर्यौट भइसकेको जानकारी दिनुभयो । प्रमुख घिमिरेले शत प्रतिशत अनुदान दिने कार्यलाई निरुसाहित गर्न सरकारलाई सुझाव दिनुभयो । संघीयताको भावना अनुरुप तीनै तहको सरकारको भुमिका समान हुने गरी कानुन निर्माण गर्न सके भ्रष्टचारलाई न्युनिकरण गर्न सकिने कार्यालयको ठहर छ ।
प्रमुख घिमिरेले प्रारम्भिक छानबिनको क्रममा रहेका ८ सय ८० उजुरी चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएको जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*