बागमती प्रदेशसभाः २ वटा विधेयक पारित, संसदीय समितिले पूर्णता नपाएको भन्दै प्रतिपक्षी असन्तुष्ट

स्वर्णिम खबर
२२ आश्विन २०८०, सोमबार २१:०२

२२ असोज, हेटौँडा । बागमती प्रदेशसभाबाट २ वटा विधेयक सर्वसम्मतिले पारित भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले संचार सम्बन्धी र संस्कृती, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले सरकारी कामकाजको भाषासम्बन्धी विधेयकलाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका जेष्ठ सदस्य याङ्किला शेर्पाले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिले गरेको निर्णयको प्रतिवेदन पेश गर्नुभएको थियो । यसैगरी सोमबार बसेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित अन्य प्रतिपक्षी दलहरुले संसदीय समितिहरुले पूर्णता पाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ज्येष्ठ सदस्यहरुलाई नै समितिको सभापति बनाउन खोजेको हो भन्दै उनीहरुले सरकारलाई प्रश्न समेत गरेका थिए । सभामुख भुवन कुमार पाठकले अर्को सुचना जारी नभएसम्मको लागि प्रदेशसभा बैठक स्थगित गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*