१६ औं मकवानपुर जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
१९ असोज, हेटौँडा । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा १६ औं जिल्लास्तरीय तेक्वान्डो प्रतियोगिता सुरु भएको छ ।
हेटौँडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा आज र भोली दुई दिन चल्ने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हरिबोल महतको प्रमुख आतिथ्यतामा भएको हो । प्रतियोगितामा मकवानपुर जिल्ला भित्रका २० वटा डोजाङबाट २ सय खेलाडीले सहभागिता जनाएको मकवानपुर जिल्ला तेक्वान्डो संघका अध्यक्ष लालकाजी बज्राचार्यले जानकारी दिनुभयो । २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिला तौल समूह र २० केजीदेखि ५८ केजी पुरुष तौल समूहबीच प्रतिस्पर्धा भइरहेको छ । प्रत्येक तौल समूहका विजेता र उपविजेतालाई प्रदेश स्तरीय प्रतियोगितामा सामेल गराइने छ । जिल्ला तेक्वान्दो संघ मकवानपुर अध्यक्ष बज्राचार्यको अध्यक्षतामा भएको सद्घाटन समारोहमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला, सदस्य सोभा घिमिरे, जिल्ला बक्सिङ संघ, मकवानपुर अध्यक्ष सुशील घिमिरे लगायतको उपस्थिती थियो ।