प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई समिति पठाईयो
१७ असोज, हेटौँडा । बागमती प्रदेशसभाले एउटा विधेयकलाई दफावार छलफलको लागि सम्बिन्धित समितिमा पठाएको छ ।
बुधबार बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलको लागि उद्योग, पर्यटन तथा वातावरण समितिमा पठाएको हो । बैठकमा संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उक्त विधेयकलाई समितिमा पठाईयोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । यो संगै सभामुख भुवन पाठकले अर्को सुचना जारी नभएसम्मको लागि प्रदेशसभा बैठक स्थगित भएको जानकारी दिनुभयो ।