हेटौंडा अस्पताल र बागमती प्रदेश सचिवालयबीच एम्बुलेन्स सञ्चालन सहकार्य सम्झौता

स्वर्णिम खबर
१७ आश्विन २०८०, बुधबार १७:४९

१७ असोज, हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताल र प्रदेश सभा सचिवालयबीच एम्बुलेन्स सञ्चालन सहकार्य सम्झौता भएको छ ।
प्रदेश सभा सचिवालयमा रहेको बागमती प्रदेश ०३–००१–झ ०१५३ नम्बरको एम्बुलेन्स हेटौंडा अस्पताललाई प्रयोग गर्न दिने सहमती भएको हो । बुधबार प्रदेश सभा सचिवालयका तर्फबाट सचिव पूर्ण बहादुर दर्जी र हेटौंडा अस्पतालका तर्फबाट निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रदेश सभा सञ्चालन अवधी र समिति बैठक बसेको समयमा एम्बुलेन्स प्रदेश सभा परिसरमा रहने र अन्य समयमा नागरिकको सेवामा प्रयोग गरिने सम्झौता पत्रमा उल्लेख छ । ‘बी ग्रेड’ को एम्बुलेन्स बुधबार नै अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्यको लागि ल्याइएको एम्बुलेन्सले सर्वसाधारणका लागि समेत आपतकालिन स्वास्थ्य सेवा प्रवाह गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*