एमालेका सांसदद्वारा रोस्टम घेराउ, चोर बाटोबाट विधेयक चिठ्ठा विधेयक ल्याएको आरोप

स्वर्णिम खबर
१५ आश्विन २०८०, सोमबार १९:१६

१५ असोज, हेटौँडा । प्रदेश प्रमुखले फिर्ता गरिदिएको चिठ्ठा विधेयक सरकारले पुनः ल्याएपछि नेकपा एमालेले बागमती प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।
सरकारले जनजीविकाको विषयका विधेयकहरु ल्याउनुपर्ने समयमा प्रदेश प्रमुखले फिर्ता गरिदिएको विधेयक पुनः ल्याएको भन्दै एमालेले बैठक अबरुद्ध गरेको हो । सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री बहादुर लामाले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सांसदहरुले रोस्टम घेराउ गर्दै नारावाजी गरेपछि बैठक अवरुद्ध भएको हो । बैठकमा ठेलाम्ठेल भएपछि सभामुख भुवन पाठकले बैठक स्थगित गर्नुभएको हो । बैठक अवरुद्ध भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारले चोरबाटोबाट अनावश्यक विधेयक पुनः ल्याएको बताउनुभयो । अहिले प्रदेशमा चिठ्ठा बाहेकका अन्य निकै महत्वपूर्ण विधेयकहरु रहेको भन्दै सरकारले किन चिठ्ठा विधेयकलाई ल्याउन मरिहत्ते गरिरहेको छ भन्ने विषय अनौठो रहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*