आधुनिक बचत तथा ऋण सहकारी संस्थाको १८ औंवार्षिक साधारण सभा सम्पन्न
१४ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिका–१६ मा रहेको आधुनिक बचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले सहकारीको सम्बन्धमा सेयर सदस्य सचेत हुनुपर्ने बेला आएको बताउनुभयो । आफू बसेको सहकारीले दिने सेवा सुविधा, अवस्थाका बारेमा शेयर सदस्य स्वयं जानकार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले वार्षिक प्रतिवेदन, सचिव कोषाध्यक्ष डा. विजय नेपालले आ.व. २०८९ ÷ ०८० को आर्थिक प्रतिवेदन र लेखासमिति संयोजक सागरनाथ बास्तोलाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको प्रगति बिवरण , शेयरपुँजी , बचत, लगानी र खर्चको बारेमा जानकारी दिइएको थियो । सभामा संस्थाले चालू आर्थिक वर्षका लागि नीति तथा कार्यविधि अनुमोदन, सेवा केन्द्र खोल्ने लगायतका विषयमा छलफल गरेको छ । संस्थाले नियमित बचतकर्ता, उत्कृष्ट क्रृणी, जेष्ठ सदस्य, २०७९ सालको एसईईमा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई नगद सहित सम्मान समेत गरेको छ ।