नेपाल एसियाड क्रिकेटको क्वाटरफाईनलमा

स्वर्णिम खबर
१४ आश्विन २०८०, आईतवार १०:१९

१४ असोज, हेटौँडा । नेपाल चीनमा जारी १९ औं एसियाड क्रिकेटको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
हाङझाउमा भएको खेलमा माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गर्दै नेपाल क्वाटरफाईनलमा प्रवेश गरेको हो । नेपालले दिएको २ सय १३ रनको विशाल लक्ष पछ्याएको माल्दिभ्स १९ दशमलब ४ ओभरमा ७४ रनमै समेटिएको थियो । नेपालका लागि अभिषेक बोहराले घातक बलिङ गर्दै ६ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ सय १२ रनको विशाल योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन बनाएका थिए भने कुशल मल्ल ४७ रनमा अविजित रहे । कुशल भुर्तेल र गुलशन झाले समान ३५ रन जोडे । आसिफ शेख र दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए । एक वर्षपछि नेपाली टोलीमा खेल्ने मौका पाएका विकेट किपर विनोद भण्डारी १३ रनमा आउट भए । त्यस्तै, सन्दीप जोरा ५ रनमा आउट भए । माल्दिभ्सका बदिउ इस्माइल नवाजले सर्वाधिक ३ विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपालले मङ्गोलियालाई २ सय ७३ रनले पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*