मकवानपुरका खेलाडीको दुर्घटना बिमा

स्वर्णिम खबर
११ आश्विन २०८०, बिहीबार १८:४६

११ असोज, हेटौँडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलाडीको दुर्घटना बीमा गरेको छ ।
विहीबार पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष भेष खड्कीले बीमाबारे जानकारी गराउनुभएको हो । समिति अन्तरगत रहेका १० जना खेलाडीको प्रतिव्यक्ति पाँच लाखका दरले ५० लाखको सामूहिक दुर्घटना बीमा गरेको अध्यक्ष खड्कीले बताउनुभयो । बीमा अवधि विहीबारबाट लागू हुने गरी एक वर्षको रहने उहाँले बताउनुभयो । यसैगरी पत्रकार सम्मेलनमा अध्यक्ष खड्गीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर महिना सम्म गराउने समेत बताउनुभयो । त्यस्तै, काजास्तिानको अस्तान शहरमा हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा ५० केजी तौल समूहमा छनौट भएकी मकवानपुरकी खेलाडी रोशनी घलानलाई नगद आठ हजार सहित सम्मान गरिएको थियो । हेटौंडा १४ निवासी घलान नेपालको तर्फबाट बक्सिङ खेल्न जान लागेकी हुन् । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, बक्सिङ प्रशिक्षक लाला पौडेल, समितिका कार्यालय सचिव माधव कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*