एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई

स्वर्णिम खबर
७ आश्विन २०८०, आईतवार ११:४९

७ असोज, काठमाडौँ । एशियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिष्पर्धा गर्नेछ । बिदाई कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरुको रहेको बताउनु भयो । उहाँले मेडन हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताउनु भयो ।


खेलाडीहरुलाई बिदाई गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरु लाग्ने बताउनु भयो । उहाँले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।


कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको शुरुवात गर्ने प्रयासमा आफूहरु रहेको बताउनु भयो । उहाँले अहिलेको नेपालको लक्ष्य मेडल जित्ने रहेको बताउनु भयो ।


नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, फास्ट बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*