साफ यु–१९ च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य

स्वर्णिम खबर
३ आश्विन २०८०, बुधबार १९:१०

३ असोज, काठमाडौँ । नेपालले बिहीवारदेखि शुरु हुने साफ यु–१९ च्याम्पियनसिपको पाँचौं संस्करणमा घरेलु मैदानको फाइदा लिँदै उपाधि जित्ने लक्ष्य राखेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा प्रतियोगिता अगाडि बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली युवा टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले तयारी राम्रो भएको र घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन दिने बताउनु भयो । सबै खेलाडी मिहिनत गरेको र घरेलु मैदानमा हुने च्याम्पियन अवसरको रूपमा समेत लिएको प्रशिक्षक श्रेष्ठको भनाइ छ ।
यस च्याम्पियनसिपमा सहभागी ६ टोलीमध्ये पाँच राष्ट्रका कप्तानहरूले प्रतियोगिताका लागि उत्साहित रहेको र अहिले पहिलो खेलमा केन्द्रित रहने बताउनु भयो । नेपालले बिहीबार साँझ साढे ५ बजे दशरथ रंगशालामा पाकिस्तानसँग प्रतिष्पर्धा गर्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसअघि उद्घाटन खेलमा दिउँसो भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुनेछ । नेपाल यस च्याम्पियनसिपमा समूह ‘ए’ मा छ । यो समूहमा पाकिस्तान र माल्दिभ्स छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*