एसिया कपमा सहभागी भई क्रिकेट टोली स्वदेश फर्कियो

स्वर्णिम खबर
२० भाद्र २०८०, बुधबार १८:२७

२० भाद्र, हेटौँडा । एशिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।
बुधवार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले संरचनामा लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने उल्लेख गर्नुभयो । कप्तान पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र खेलबाट खेलाडीले धेरैकुरा सिकेको बताउनुभयो ।
विश्वका नम्बर वान ब्याट्सम्यान र टिमसँग खेलेपछि अब नेपाली खेलाडीहरु कुनैपनि बलियो टिमसँग निर्धक्क भएर खेल्न सक्ने भएको क्यानको बुझाई छ । एशिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेलर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्याण्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरूको भीड लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*