१५ लाख मुल्य बराबरको अबैध कपडा र प्रतिबन्धित औषधीसहित ट्रक नियन्त्रणमा

स्वर्णिम खबर
१८ श्रावण २०८०, बिहीबार १८:०४

१८ साउन, हेटौँडा । सशस्त्र प्रहरी वल नेपाल १४ नम्बर गण हेटौडाको टोलीले १५ लाख मुल्य बराबरको अबैध कपडा तथा प्रतिवन्धित औषधी सहितको ट्रक नियन्त्रणमा लिएको छ ।
विरगंज बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख २६५६ नंम्वरको मालबहाक कन्टेनर ट्रकलाई हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा चेकजाँच गर्दा उक्त परिमाणको अवैध कपडा तथा प्रतिबन्धित औषधि बरामद गरिएको हो । सशस्त्र प्रहरी सहायक निरिक्षक सोनाम सिंह मोक्तानको कमाण्डमा खटिएको टोलीले भन्सार छलि ल्याईएका कपडाहरु पाईन्ट, टिसर्ट,कुर्ताका साथै प्रतिवन्धित औषधी समेत बरामत गरेको हो । सशस्त्र प्रहरी वल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरका गणपति प्रहरी उपरीक्षक अनिल कार्कीका अनुसार १ लाख २० हजार मूल्य बराबरको् पाईन्टको कपडा ३० पिस, ३ लाख मुल्य बराबरको टिसर्ट २ सय पिस, दश लाख २६ हजार बजार मुल्य बराबरको कुर्ता पाँच सय १३ पिस गरी १४ लाख ४६ हजार बजार मुल्य बराबरको कपडा बरामद गरीएको बताउनु भयो ।

त्यस्तै प्रतिबन्धित औषधी ट्रामडोल ५० एमजीको १ लाख ३१ हजार सात सय ६० टया्बलेट र म्याद नाघेको महारिच मल्टी भिटामिन एक सय पचास पिस समेत बरामद गरीएको छ । प्रहरीले ट्रक चालक काभ्रे देउपुर नगरपालिका ९ मण्डनका ४८ वर्षका ज्ञानेन्द्र कुमार सापकोटालाई पक्राउ गरि कारवाहीको लागी कानुनी प्रकृया अगाडी बढाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*