बागमती प्रदेश सरकारको २३ अर्ब बजेट फ्रिज
३१ असार, हेटौँडा । बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षमा २३ अर्ब बजेट फ्रिज भएको छ ।
कुल बजेटमा ६७.१९ प्रतिशत मात्रै बजेट खर्च हुँदा २३ अर्ब २८ करोड ९४ लाख बजेट फ्रिज भएको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाले जनाएको छ । यस रकममा पनि अझै खर्च प्रतिशत घट्न सक्ने कार्यालयका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाखको बजेट ल्याएको प्रदेश सरकारले ७० प्रतिशत पनि खर्च गर्न नसकेको हो । लेखा नियन्त्रक कार्यालयका अनुसार ६९.९० प्रतिशत चालु खर्च र ६७.१९ प्रतिशत पुँजीगत खर्च रहेको छ । कुल बजेटमा ४७ अर्ब ६४ करोड ९८ लाख खर्च गरेको छ । जसमा चालु खर्च ६० करोड रुपैंया अर्थात ३० प्रतिशत मात्रै खर्च भएको सुचना अधिकारी रिजालले जानकारी दिनुभयो ।