नयाँ आर्थिक वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको कामले गति लिन्छः मन्त्री लिम्बू
२८ असार, काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अघि बढ्ने बताउनुभएको छ ।
बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री लिम्बुले नयाँ आर्थिक वर्षबाट धुर्मुस—सुन्तली फाउण्डेशनले सरकारको तर्फबाट दिने भनिएको १२ करोड रुपैयाँ अनुदान पाउने बताउनुभयो । उहाँले यसअघि नै सरकारले १२ करोड रुपैयाँ रंगशाला निर्माणका लागि फाउण्डेशनलाई दिने भनिएपनि कानूनी झन्झटका कारण हुन नसकेको र आगामी आर्थिक वर्षबाट रंगशाला निर्माणको कामले गति लिने स्पष्ट पार्नुभयो । मन्त्री लिम्बुले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला कुनै एक व्यक्तिले निर्माण गर्नसक्ने स्थिति नरहेको भएपनि निर्माण गर्न अघि सर्ने बेलामा सबैले हाइहाइ गर्दा अहिलेको अवस्था भोग्नुपरेको बताउनु भयो ।
मन्त्री लिम्बूले नयाँ आर्थिक वर्षबाट फाउण्डेशनले सरकारले घोषणा गरेको रकम पाउने बताउनु भयो ।