हेटौंडामा ४७ लाख बराबरको अवैध सुनसहित एकजना पक्राउ

स्वर्णिम खबर
२८ असार २०८०, बिहीबार १७:२८

२८ असार, हेटौँडा । मकवानपुर प्रहरीले ४७ लाख बराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
हेटौडा १५ स्थित रातोमाटे चेकपोष्ट अगाडी सडकखण्डमा बिशेष सुचनाको आधारमा प्रहरीले काठमाण्डौबाट बिरगंजतर्फ आउदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोमा सवार गर्नेबाट सुन बरामद गरिएको हो । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका वडा नम्वर १ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उनको साथबाट ४७ लाख ३६ हजार ७२९ रुपैयाँ बराबरको ४८९ ग्राम ३७ मिलि ग्राम सुन बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । पक्राउ परेका सोनारलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*