बागमती प्रदेश सरकारको बजेट ६२ अर्ब ७२ करोड

स्वर्णिम खबर
१ असार २०८०, शुक्रबार १८:४७

१ असार, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ६२ अर्ब ७२ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले शुक्रबार बजेट सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाखको बजेट रहेकोमा आउँदो आर्थिक वर्षमा सरकारले ८ अर्ब बढि बजेट कम गरि विनियोजन गरेको हो । सरकारले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ७० हजार, पुँजिगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार तथा वित्तिय ब्यवस्थापन ५० करोड बजेट विनियोजन गरेको हो । आउँदो आर्थिक वर्षको लागि चालु आर्थिक वर्षको भन्दा ८ अर्बले कमि भएको छ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन क्षेत्रको विकास, एक घर एक धारा प्रदेशको विभिन्न जिल्लाको विद्यालयमा प्लस टु गर्ने विद्यार्थीहरूलाई एक स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रदेशमा विश्वविद्यालय स्थापना गर्ने विषयलाई प्राथमिकता दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*