बागमती प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश, बजेट शुक्रबार आउने

स्वर्णिम खबर
३२ जेष्ठ २०८०, बिहीबार १७:१५

३२ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभामा आर्थिक सर्वेक्षण २०७९÷०८० को प्रस्ताव पेश गरेको छ ।
बिहिबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा (तामाङ) ले आर्थिक सर्वेक्षणको प्रस्ताव पेश गर्नुभएको हो । मन्त्री लामाले आर्थिक सर्वेक्षण पेस गरेलगत्तै सभामुख भुवनकुमार पाठकले अर्को बैठक असार १ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित गर्नुभयो । शुक्रबार बस्ने प्रदेश सभा बैठकमा आर्थिक मन्त्री लामाले सरकारको तर्फबाट आर्थिक वर्ष २०८०÷०८१ को लागि बजेट सार्वजनिक गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*