हेटौंडा साइकल रनको उपाधि पुजन मगरलाई
१६ वैशाख, हेटौंडा । खुल्ला हेटौंडा साइकल रन प्रतियोगिताको उपाधी पुजन मगरले जितेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा शनिबार भएको प्रतियोगितामा मगरले ३८ मिनेट १९ दशमलब ३७ सेकेन्डमा निर्धारित दुरी पार गरेका हुन् । ३७ मिनेट १४ सेकेन्डमा दुरी पार गरेका राजिव ठाकुर हेटौंडाका स्थायीबासी नभएको र उमेर समेत कम भएको कारण दोस्रो भएका मगरलाई प्रथम घोषणा गरिएको हो । ३८ मिनेट १९ दशमलब ७७ सेकेन्डमा दुरी पार गर्दै आशिष थापा मगर दोस्रो र ३९ मिनेट ३८ दशमलब २३ सेकेन्डमा दुरी पार गरेका सुमन आले मगर तृतीय भए । प्रथम, द्वितीय र तृतीय भएकाले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा प्रदिप थापा क्षेत्री र निशान श्रेष्ठले सान्त्वना हुँदै १०–१० हजार रुपैयाँ प्राप्त गरेका छन् । २५ किलोमिटर दोड प्रतियोगिता हुप्रचौरबाट सुरु भएर गर्दौइ, क्याम्पा, हटिया र कमाने हुँदै पुनः हुप्रचौरमा आएर सकिएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो ।