यू–१७ महिला च्याम्पियनसिपः नेपाल रुससंग पराजित, उपाधि जित्ने सम्भावना सकियो

स्वर्णिम खबर
१२ चैत्र २०७९, आईतवार २१:३८

१२ चैत्र, हेटौँडा । बंगलादेशको ढाकामा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले दोस्रो हार व्यहोरेको छ ।
आइतबार ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा भएको आफ्नो तेस्रो खेलमा नेपाल रुससँग ३–० ले पराजित भएको हो । हारसंगै नेपालको उपाधि जित्ने सम्भावन सकिएको छ । बलियो टोली रुस विरुद्ध नेपालले ६२ मिनेटसम्म रक्षात्मक खेल्दै गोल गर्न दिएको थिएन । तर त्यसपछि रुसले तीन गोल ग¥यो । रुसका लागि एलिना गोलिकले ६३ औं र ७४ औं मिनेटमा गोल गरिन् । यस्तै ८३ औं मिनेटमा पोलिना फिलसिनाले गोल गरिन् । गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल उपाधि जित्ने लक्ष्यसहित बंगलादेश पुगे पनि दुई हारपछि सम्भावना समाप्त भएको हो । यसअघि नेपाल पहिलो खेलमै भारतसँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । लगातार तीन जितपछि युरोपियन टिम रुसले उपाधि सम्भावना बलियो बनाएको छ । तीन खेलबाट ३ अंक मात्र रहेको नेपाल पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको चौथो स्थानमा छ । नेपालले अब अन्तिम खेल घरेलु टोली बंगलादेशसँग मंगलबार खेल्नेछ । उक्त खेल जिते पनि नेपालले शीर्ष स्थानको रुसलाई भेट्ने छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*