थ्री नेसन्स कप फुटबलः नेपालको बिजयी सुरुवात, लाओस २–० ले पराजित

स्वर्णिम खबर
८ चैत्र २०७९, बुधबार २१:२२

८ चैत्र, काठमाडौं । प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले बिजयी सुरुवात गरेको छ ।
दशरथ रंगशालामा भएको उद्घाटन खेलमा लाओसलाई २–० गोलअन्तरले पराजित गर्दै नेपालले बिजयी सुरुवात गरेको हो । नेपाललाई जिताउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । ३१ औं मिनेटमा नवीन लामाको कर्नरमा अनन्त तामाङले हेडर मार्फत सानदार गोल गर्दै खाता खोलेका थिए । यस्तै ५६ औं मिनेटमा नवयुग श्रेष्ठले ३५ यार्ड टाढाबाट हाफ भलीमा अर्को सानदार गोल गरेर नेपालको अग्रता २–० बनाए । खेलमा लाओसले गोल गर्ने केही मौका पाए पनि सदुपयोग गर्न सकेन ।
बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले अर्को खेल चैत्र १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत्र १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*