विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई बागमती प्रदेश सरकारले जनही १ लाख दिने

स्वर्णिम खबर
३ चैत्र २०७९, शुक्रबार १२:४५

३ चैत्र, हेटौँडा । बागमती प्रदेश सरकारले क्रिकेट विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई जनहि १ लाख रूपैयाँ दिने घोषणा गरेको छ ।
क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकोमा प्रोत्साहन स्वरुप जनही १÷१ लाख रुपैयाँ रकम पुरस्कार दिन लागिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो । उत्कृष्ट खेल प्रस्तुत गर्दै क्रिकेट खेलाडीले देशको शिर उच्च बनाएकाले प्रदेश सरकारले सम्मान स्वरुप खेलाडीलाई प्रोत्साहन गरिएको मन्त्री थपलियाको भनाइ छ । बिहीबार आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*