क्रिकेटको प्रशिक्षकमा भारतका मोन्टी देशाई नियुक्त
२३ माघ, काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट स्वीकृति भएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार भारतका मोन्टी देशाईलाई औपचारिक रुपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक घोषणा गरेको छ ।
क्यानले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर भारतीय मोन्टी देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो । तर यसअघि मोन्टी देशाई नेपाल आएर माघ १५ गतेबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए । सार्वजनिक गरिएको कार्यक्रममा क्यानले देशाईसँग दुई वर्षे सम्झौता गरेको क्यानले जानकारी दियो । सोमवार आयोजित औपचारिक प्रशिक्षक घोषणा कार्यक्रममा मुख्य प्रशिक्षक मोन्टी देशाईले आफ्नो पहिलो लक्ष्य ड्रेसिङ रुमलाई खुशी बनाउँदै एक ढिक्काको क्रिकेट टोली बनाउने योजना रहेको सुनाए । नियुक्ती पहिलो नेपाली टोलीसँग जोडिएर एक साता बिताएका देशाईले खेलाडीमा राम्रो क्षमता भएको र उनीहरुको क्षमता योजना अनुसार कार्यन्वयन हुँदा राम्रो नतिजा निस्किने औंल्याउनु भयो । नेपाली क्रिकेटले एक दिवसीय मायन्यता प्राप्त गर्दा आपूm प्रत्यक्षदर्शी रहेको र अहिले खेलाडीमा पनि राम्रो नतिजा निकाल्ने सम्भावना रहेको भन्दै नेपाली क्रिकेटले आगामी दिनमा सुखद् नतिजा दिलाउने बताउनु भयो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछानेलाई टिममा राख्ने–नराख्ने निर्णय प्रशिक्षक र छनोट समितिले लिने बताउँदै टोलीमा समावेश गर्न दबाब दिन नसक्ने बताउनु भयो । शारीरिक र मानसिक हिसावमा अब्बल र टिममा आवश्यकता अनुसार निर्णय हुने बताउनु भयो । चौतर्फी आलोचनाले सन्दीपलाई राख्नैपर्छ वा हटाउनै पर्छ भन्ने क्यानको धारण नभएको स्पष्ट पार्नुभयो ।
नेपालले कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मेदानमा फागुन २ र ६ मा नामिबिया तथा फागुन ५ र ९ गते स्कटल्याण्डसँग खेल्नेछ । यसैगरी स्कटल्याण्ड र नामिबियाबीच फागुन ३ र ८ गते प्रतिष्पर्धा हुनेछ । लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा सकिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।