विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रधानलाई प्रदान

स्वर्णिम खबर
१५ माघ २०७९, आईतवार १८:१४

१५ माघ, हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०७९ वरिष्ठ कलासाधक डा.किरण प्रधानलाई प्रदान गरेको छ ।
भीम विरागको ८९ औं स्मृति दिवसको अवसर पारेर आइतबार प्रधानलाई नगद रुं एक लाख सहित सम्मान गरिएको हो । हेटौँडाका समाजसेवी व्यवसायी कन्ह्नैया श्रेष्ठले आफनी आमा विजुलीमाया वनः श्रेष्ठको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । यसअघि यो पुरस्कारबाट साहित्य तथा कला क्षेत्रमा योगदान पु¥याउने १३ जना सम्मानित भइसक्नुभएको छ । प्रतिष्ठानले २०६४ सालदेखि हरेक वर्ष नेपाली साहित्य तथा संगीतमा योगदान दिदै आएका हस्तीलाई १ लाख रुपियाँ राशिको पुरस्कार प्रदान गर्दै आएको छ । २०११ सालमा काठमाडौंमा जन्मिनु भएका कला साधक प्रधानका थुप्रै गितहरु कर्णप्रिय छन् । कार्यक्रममा पुरस्कार प्रदान संगै विशेष सांगितिक प्रस्तुति समेत भएको थियो । पुरस्कार समर्पण एवं साङ्गीतिक समारोह प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यकाको सभाध्यक्षता तथा वरिष्ठ साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*