मकवानपुरमा अमेरिकी डलर देखाई ठगी गर्ने ४ पक्राउ

स्वर्णिम खबर
२१ पुष २०७९, बिहीबार १७:४६

२१ पुस, हेटौँडा । मकवानपुरमा अमेरिकी डलर देखाई ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बिहिबार पत्रकार सम्मेलन गरी प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो । अमेरिकी डलर सस्तोमा साट्न पाइन्छ भनि विभिन्न जिल्लाका मानिसहरुलाई मकवानपुरको बिभिन्न स्थानमा बोलाई रकम लुट्ने ४ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रविसे ३ बस्ने २१ वर्षीय हरी भन्ने सोम बहादुर डुम्जन, ३३ वर्षीय दिवश डुम्जन, २८ वर्षीय कान्छा भन्ने शेर बहादुर तामाङ र २८ वर्षीयसुक भन्ने देवा डुम्जन रहेको मकवानपुर प्रहरीका प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट अमेरिकी डलर १ हजार ७ सय ४१ रुपैंया र नेपाली रुपैया ६ हजार २ सय १० सहित बा ५० प ९३७२, बा.प्र. ०२–०१९ प ९६२६ र बा.प्र. ०२–०३४५४२८७ नम्बरको ३ वटा मोटरसाइकल, कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान र मोबाईल ५ थान बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ( एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाईएको प्रवक्ता कार्कीले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*