हेटौँडा उपमहानगरपालिकाको १२ औँ नगरपरिषद बैठक सम्पन्न
१४ पुस, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले १२ औँ नगरपरिषद बैठक सम्पन्न गरेको छ ।
मेयर मिना कुमारी लामाको अध्यक्षतामा भएको परिषद बैठकमा उपमेयर राजेश बानियाँले आर्थिक वर्ष २०७९–०८० को निती तथा कार्यक्रम समिक्षा सहितको संसोधन बजेट परिषदमा प्रस्तुत गर्नुभएको थियो । संसोधित बजेट माथि परिषदका सदस्यहरुले आफ्नो भनाई राखेका थिए । पुर्वाधार विकासका कार्यक्रम अन्तर्गत २५८ योजना सम्झौता भएका छन् भने ४८ वटा योजना सम्पन्न भएका छन् । अघिल्लो आर्थिक वर्षको ८४ वटा योजनाहरुपनि सम्पन्न भएको छ । उपमहानगर मार्फत ३ कीलोमिटर कंक्रीट सडक र ८ कीलोमिटर स्लाब ढलान गरिएको छ भने ४ वटा कल्र्भट बनेका छन् । एउटा गुम्बा १० वटा मन्दिर ४ वटा शौचालाय र १२ वटा सामुदायिक भवन बनेका छन् । यस्तै यउटा मदरसा समेत बनेको छ । ४ वटा पार्क निर्माण सम्पन्न भएको बताईएको छ । हेटौँडा उपमहानगर मार्फत निर्माण भईरहेको बस टर्मिनलको ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।