निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगरौँः दिनेशकुमार थपलिया

स्वर्णिम खबर
२० कार्तिक २०७९, आईतवार १८:३०

२० कार्तिक, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा मतपेटिका साटिन्छ कि भनेर आशंका नगर्न आग्रह गर्नु भएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आईतबार काठमाडौंमा आयोजित पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको सामूहिक छलफलमा यस्तो भनाई राख्नु भएको हो । उहाँले आफूले मतदानपछि पनि मतपेटिका साटिन्छ भन्ने दिव्यज्ञान कहिल्यै प्राप्त नगरेको दोहो¥याउँदै आगामी निर्वाचनमा त्यस्तो कहीँकतै हुन नदिने दृढता समेत व्यक्त गर्नु भयो । सेक्युरिटी कोडको आधारमा मतपत्र छापिने भएकाले मतपेटिका फेरिए पनि फेरिएको मतपेटिकामा सो आयोगको मतपत्र हुनै नसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको स्पष्टिकरण थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिताको पालना गराउन आयोग कडाईका साथ लागि परेको समेत बताउनु भयो । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने आयोगको अभिभाराप्रति आशंका नगरिदिन पनि अनुरोध गर्नु भयो । त्यसका लागि सम्बन्धित पक्षले खवरदारी गरिदिनुपर्ने उहाँको भनाई थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आयोगले अग्रजहरुको अनुभवलाई आत्मासात गरेर अघि बढने समेत बताउनुभयो ।
निर्वाचन आयोगले निर्वाचनमा करिव १० हजार पर्यवेक्षकहरु परिचालन गर्ने योजना रहेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक मतदान केन्द्रमा कम्तिमा एक जना पर्यवेक्षक परिचालन गर्ने योजना रहेको पनि बताउनु भयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*