प्रेमगीत ३ को टोली प्रचारप्रसारको क्रममा हेटौडामा

स्वर्णिम खबर
२७ भाद्र २०७९, सोमबार १७:०७

२७ भाद्र, हेटौंडा । अहिलेको बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत ३ को टोली प्रचारप्रसारको क्रममा सोमबार हेटौंडा आइपुगेको छ ।
असोज ७ गते बडा दशैंको अवसरमा नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण पक्षले हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल र नेपालीको साझा सम्पतीको रुपमा रहेको चलचित्र प्रेमगीत ३ हेर्न आग्रह गरेको छ । मनाङको सातगाउँको दुई सय वर्ष पुरानो युद्ध र दरवारको कथावस्तुलाई चलचित्रमा उतारिएको चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दले बताउनुभयो । ३ करोड लगानी रहेको चलचित्र सबै नेपालीले गौरब गर्न लायक बनेको कार्यकारी निर्माता चन्दले दाबी गर्नुभयो । यसैगरी चलचित्रका कलाकार सुनील थापाले टिपिकल नेपालका विभिन्न दृश्यलाई समेटिएर तयार भएकोले सबै दर्शकले साथ र माया गर्नेमा आफुहरु ढुक्क रहेको बताउनुभयो । स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, पुष्कर कार्की, सुनील थापा, माओत्से गुरुङ, सन्तोष सेन लगायत कलाकारहरुको अभिनय रहेको छ । निर्माण पक्षले दुई समूहमा विभाजन गरी नेपाल र भारतमा प्रचारप्रसार गरी रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*