संघीयताको विषयमा देउवा र ओलीको दृष्टिकोण उस्तैः मुख्यमन्त्री पाण्डे

स्वर्णिम खबर
१ भाद्र २०७९, बुधबार १५:२१

१ भाद्र, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले नै प्रदेशलाई अधिकार दिन नखोजेको आरोप लगाउनुभएको छ ।
जिल्ला समन्वय समिति काभ्रेको छैठौं जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले संघीय सरकारले प्रदेशलाई कहिले पनि अधिकार दिन नचाहेको बताउनुभयो । प्रहरी नायव महानिरीक्षकसम्मको दरबन्दी प्रदेश प्रहरी मातहत रहने प्रस्ताव भए पनि संघले त्यसो गर्न नचाहेको मुख्यमन्त्री पाण्डेले गुनासो गर्नुभयो । संघीयताको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाको दृष्टिकोण उस्तै रहेको मुख्यमन्त्री पाण्डेले टिप्पणी गर्नुभयो । प्रदेश मातहत कर्मचारी व्यवस्थापन गर्न कानुन ल्याइएको भन्दै उहाँले क्रमशः पदपूर्ति हुँदै जाने बताउनुभयो । जनतालाई सेवा दिनकै लागि मन्त्रालयको संख्या थप गरिएको समेत मुख्यमन्त्री पाण्डेले स्पष्ट पार्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*