नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुवुदुले दिए राजीनामा

स्वर्णिम खबर
४ श्रावण २०७९, बुधबार १८:०१

४ श्रावण, काठमाडौँ । दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त हुनुभएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधवार आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
स्कटल्याण्ड भ्रमण अघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाउनुभएका प्रशिक्षक दाशानायकेले बुधवार पत्रकार सम्मेलन गरेर सञ्चार माध्ययमा राजीनामा दिएको बताउनुभएको हो । खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदबाट नेपाली क्रिकेट टोलीले धेरै अपेक्षा राखेको थियो । तर आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्टकल्याण्डमा सम्पन्न त्रिकोणात्म श्रृंखला नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक आलोचित भएका थिए । भ्रमणमा नेपालले चारमध्ये तीन खेल गुमाएपछि प्रशिक्षक आलोचित भएका थिए । यद्यपि दाशानायकेले भ्रमण अघि नै राजीनामाको पत्र क्यानमा पठाउनुभएको थियो । बुधवारको पत्रकार सम्मेलनमा पुबुदुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताउनु भयो । उहाँले कठिन अवस्थामा नेपाली टोलीलाई सम्हाल्दै अगाडि बढाउन नसकेको स्वीकार गर्नुभयो ।


स्कटल्याण्ड भ्रमणअघि नेपालले अमेरिका भ्रमण गर्दा पनि खराब प्रदर्शन गरेको थियो । सो भ्रमणमा नेपालले चार मध्ये एक खेल जितेको थियो भने दुई खेलमा नतिजा सुम्पिएको थियो । एक खेल भने वर्षाका कारण ‘टाई’ भएको थियो । औपचारिक रुपमा आज पदबाट राजिनामा घोषणा गर्नुभएका दाशानायकेले अहिलेको नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको र टोली एक नै भएको प्रतिक्रिया जनाउनु भयो । उहाँले १२ महिना भित्र युवा टोलीले राम्रो नतिजा निकाल्ने बताउनु भयो ।
सन् २०११ देखि २०१५ सम्म पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्हाल्दा नेपाली टोलीले पहिलो ट्वान्टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको उक्त प्रतियोगितामा नेपालले प्रारम्भिक चरणमा प्रतिष्पर्धा गरेको थियो । साथै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चार देखि डिभिजन एक सम्मको यात्रा पक्का गरेको थियो । ग्रेडिङको विषयलाई लिएर खेलाडी र क्यानबीच विवाद आएपछि क्यानले पुबुदुलाई अनुभवको आधारमा जिम्मेवारी दिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु