सिमलटार टोल विकास संस्थाको १० औँ बार्षिक साधारणसभा सम्पन्न
![](https://www.swornimkhabar.com/wp-content/uploads/2022/06/simaltaar.jpg)
२५ जेठ, हेटौँडा । सिमलटार टोल विकास संस्थाको १० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
टोल विकास संस्थाका अध्यक्ष मधु कुमार थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौँडा उपमहानगरका उपमेयर राजेश बानियाँको विशेष आतिथ्यता थियो । कार्यक्रममा ११ नम्बर वडाकी अध्यक्ष जुना दाहाल, समाजसेवी कमलचन्द्र सुमन, युवा ब्यवसायी दिपक सिवाकोटी, नेकपा माओवादी केन्द्रका अध्यक्ष देब कृष्ण थोकर, टोल विकास समन्वय समिती ११ नम्बर अध्यक्ष देब कुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो । कार्यक्रममा हेटौँडा उपमहानगपालिकाकी मेयर मिना लामाले हेटौँडा ११ बाटै जग्गा धनि प्रमाण पुर्जा वितरण गर्ने उद्घोष गर्नुभयो ।