कैलाश गाउँपालिकाको बजेटमा विवाद

बजेटमा गाउँपालिकाको अध्यक्षको मनोमानी रहेको वडाअध्यक्षहरुको आरोप । पास नै नभएको बजेट राजपत्रमा राख्ने तयारी ।
स्वर्णिम खबर
३० असार २०७८, बुधबार १६:०१

३० असार, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षले होटलमै बसेर बजेट बनाएको भन्दै आठ वडा अध्यक्ष सहीत गाउँपालिकाको उपाध्यक्षले बिरोध गरेका छन् ।

असार १० गते निती कार्यक्रम पास गरिएको थियो । सोही मिती राखेर गाउँपालिका अध्यक्ष टंक मुक्तानले बजेट नै पास भएको दावी गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट चार र एमालेका तर्फबाट चार जना गरी ८ जना वडा अध्यक्षहरुले बजेटमा विमती राख्दै बजेट माथिको छलफल बैठक बहिष्कार गरेका थिए । असार २८ गते छलफलका लागि गाउँपालिकाले दोस्रो बैठक आब्हान गरेको थियो । सो बैठकमा जननिर्वाचीत वडा अध्यक्षहरुले बजेट संसोधनको माग गरेका थिए । वडाको आवश्यकता जनप्रतिनिधीले बुझेका हुन्छन् । एमालेबाट निर्वाचीत ५ नम्बर वडा अध्यक्ष छेकु लामाले भने । “निर्वाचित वडा अध्यक्षसंग योजना नै नलिई गाउँपालका अध्यक्षले मनोमानी बजेट बनाउनुभयो, हामीले पास गर्न मानेनौँ ।” तर अध्यक्ष टंक मुक्तानले भने असार १० गते नै निती कार्याक्रम र बजेट पास गरिएको दावी गरेका छन् । अध्यक्षले बजेट पास गरेको दावी गरिरहँदा एमालेबाट निर्वाचीत पेमा लामा, सुर्य बहादुर थिङ, सुमन लटौला, छेकु लामा र नेपाली कांग्रेसबाट निर्वाचित उदास ब्लोन, राजेन्द्र तामाङ घिसीङ, ठूलो कान्छा लामा, मनिक लाल मोक्तान, लगायतका वडाअध्यक्षले विज्ञप्ती नै जारी गरी बैठक बहिष्कार गरेको बताएका छन् । उपाध्यक्ष सुकुमाया थिङले असार २८ गतेको बैठकमा वडाअध्यक्षहरुसंग समन्वय गरी बजेट संसोधन सहीत पास गर्न सल्लाह दिँदा समेत गाउँपालिकाका अध्यक्ष मोक्तानले निती कार्यक्रमकै मितीलाई निरन्तरता दिएर माइन्युट लेखेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् । गाउँपालिकाका अध्यक्ष मुक्तानले बजेट पास भईसकेको र राजपत्रमा प्रकाशीत गर्ने तयारी भईरहेको बताए । अध्यक्ष मुक्तानले कार्यपालिका सदस्यहरुसंग छलफल नगरी हेटौँडामा नै अफीस सञ्चालन गर्दै आएको वडा अध्यक्षहरुले दावी छ । वडावासीको आवश्यकता विपरित नातागोता र राजनीतिक कार्यकर्तालाई लक्षीत गरी ४५ करोडको बजेट बनाएको वडा अध्यक्षहरुले आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*