मकवानपुरमा बिहिबार थप १ सय ८५ जनामा कोरोना, थप २ जनाको मृत्यु
३० वैशाख, हेटौंडा । मकवानपुरमा बिहिबार थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ८५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेमा सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरी १२ जना मनहरी गाउँपालिकाका, ११ जना थाहा नगरपालिकाका, ८ जना कैलाश गाउँपालिकाका, ५ जना मकवानपुगढी गाउँपालिकाका र एक जना राक्सिराङ गाउँपालिकाका रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ६ हजार १ सय ४० पुगेको छ । यसैगरि पछिल्लो २४ घण्टामा थप ५७ जना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या ४ हजार १ सय ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मकवानपुरमा थप २ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने दुबै जना हेटौंडा उपमहानगरपालिकाका रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मकवानपुरमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९३२ रहेको छ ।