सुनील र शान्ती श्रीको आवाजमा ‘गाउँले’

स्वर्णिम खबर
२० फाल्गुन २०७६, मंगलवार १४:३७

गायक सुनील थापा र शान्ती श्री परियारको आवाजमा नयाँ लोकदोहोरी गीत ‘गाउँले’ सार्वजनिक गरिएको छ। बिसौनी क्रियसनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा सपना रसाइलीको शब्द रचना सुन्न सकिन्छ।

हेमन्त कान्छा रसाइलीको सङ्गीत तथा एरेन्जमा तयार गीतमा गाँउले जीवन अनि उमनामको चर्चा सुन्न सकिन्छ।

गीतसँगै हेमन्त कान्छा रसाइली, उमेश राई, रूपा सुनारलगायतको भिडियो पनि सार्वजनिक गरिएको छ।

उदिराम खड्का र विन्दु खड्काको निर्देशनमा तयार गीतको भिडियोमा सुरज खनाल र विक्रम काउछाको छायाङ्कन तथा नवीन घर्ती मगरको सम्पादन रहेको छ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु