नेपालमा लगानी गर्न थाइ लगानीकर्तालाई प्रधानमन्त्रीको आह्वान

२१ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइलाइन्ड भ्रमणको तेस्रो दिन थाइलाइन्डका र नेपालका व्यवसायीहरुसँग छलफल गर्नुभएको छ ।
सो क्रममा नेपालमा लगानीका सम्भावना, अवसरकाबारे सहकार्यका विषयमा छलफल भएको छ । नेपालमा लगानीको सम्भावना र अवसरकाबारेमा प्रधामन्त्रीले नेपाल र थाईल्याडका व्यापरीबीच छलफल गर्नुभयो । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार डाक्टर युवराज खतिवडाले दुई देशका व्यपारीहरुको छलफलमा लगानीका विविध आयामका विषयमा छलफल भएको बताउनु भयो । उहाँका अनुसार छलफलका क्रममा लगानीमात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाइका उद्योगी व्यापारीसहित लगानीकर्ताहरुलाई दिनुभयो । निर्माण उद्योग, होटल व्यवसायी, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभएको थियो ।
छलफलमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्नुपर्ने क्षेत्रहरुका बारेमा छलफल भएको बताउनु भयो । उहाँका अनुसार ती क्षेत्रमा लगानीका लागि प्रधानमन्त्री ओलीले आह्वान गर्नुभयो ।
छलफलका क्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट ढकालले आफ्नो भनाइ राख्दै कानूनहरु संशोधन पछि लगानीमा सहज बनाएको र थाइ व्यवसायीलाई नेपालमा लगानीका लागि सहज रहेको बताउनु भयो ।
छलफलका क्रममा थाइ व्यवसायीहरुले पर्यटन, होटल, हस्पिटल, निर्माणजन्य कच्चा पदार्थ जस्ता नेपालमा सम्भावित लगानीका क्षेत्रमा लगानी गर्न चासो देखाएका थिए । लगानी गर्नका लागि कानून सहज भए÷नभएको, लगानी पछि मुनाफा फिर्ता लैजाने कानूनी प्रवन्ध केकस्तो रहेको बारे चासो राखेका थिए । नेपालमा विदेशी मुद्रको सहजता, रिजर्भहरु केकस्तो छ, भन्ने उनीहरुको चासो थियो ।
थाइ व्यवसायी तथा लगानीकर्ताहरुलाई नेपाली व्यवसायीको प्रतिनिधिमुलक टोलीलले नेपालमा लगानीका लागि धेरै सम्भावना रहेको बताएको थियो ।
जलविद्युत क्षेत्रमा भारतसँग १० हजार मेगावार्टको सम्झौता भएको थियो । सोही अनुसार उत्पादन गर्नुपर्ने अवस्था, पर्यटन क्षेत्रमा प्रवद्र्धन गर्नका लागि पनि नेपालमा प्रर्चुर सम्भावना रहेको छलफलमा राखिएको ढकालले जानकारी दिनुभयो ।