कुलमानलाई हटाइएको विरोधमा हेटौंडामा वाइसीएलको टुकी बालेर प्रदर्शन

स्वर्णिम खबर
११ चैत्र २०८१, मंगलवार १८:५९

१२ चैत्र, हेटौँडा । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको नेकपा माओवादी केन्द्रको भातृ सगठन वाईसिएल मकवानपुरले विरोध जनाएको छ ।
हेटौंडाको सिमाचोकमा टुकि बालेर साकेतिक विरोध जनाएको हो । सिमाचोक बाट निस्किएको बिरोध ¥याली बुद्धचोक, पिपलबोट हुदै मकवानपुर उद्योग वाणिज्य पुगी पुनः कान्तिलोकपथ, स्कुलरोड लगायत बजारका मुख्य चोक परिक्रमा गर्दै पुन बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कुलमानलाई हटाईको बिरोधमा वाईसिएल मकवानपुरले उर्जामन्त्री दिपक खड्काको राजिनामा समेत मागेको छ । ¥यालीमा वाईसिएल मकवानपुरका अध्यक्ष लवराज ठकुरी, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भिम पाख्रिन, लगायत भिभिन्न जनवर्गिय सगठनको सहितका नेता कार्यकार्ताहरुको सहभागिता रहेको थियो । कोणसभामा सहभागीहरुले घिसिङलाई पदबाट हटाएर सरकारको सुशासनको धज्जी उडाएको आरोप लगाएका थिए ।
यसैबीच खोपेगल्लीमा उर्जामन्त्रीको पुत्ला जलाउने क्रममा प्रहरीले रोक्न खोज्दा इलाका प्रहरी कार्यालयको प्रहरी निरिक्षक बिमला कठायतको टाउकोमा चोट समेत लागेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु