विगतका राजा÷महाराजाहरुले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेः अध्यक्ष दाहाल

४ चैत्र, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले विगतका राजा÷महाराजाहरुले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको बेइज्जत गरेको आरोप लगाउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगतका राजा÷महाराजाहरुले विदेशीको चाकडी कसरी गरेका थिए ? दरबार हत्या काण्ड कसले कसरी गरेको हो भन्नेकुरा युवालाई बुझाउन जरुरी रहेको बताउनु भयो । उहाँले अरु सबैकुरा परिवर्तन गर्न सकिने तर जनतामा गएको सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता परिवर्तन गर्न नसकिने बताउनु भयो । उहाँले राजावादीहरुले गरेको प्रदर्शन संविधान विपरित भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले काँग्रेस—एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउन लागेको चर्चा गरिएको भन्दै आफूहरुले सरकारमा जाने कुनै नीति नलिएको बताउनुभयो । देशमा संकट आएको खण्डमा संकट समाधानका लागि आफूहरुले विचार दिने तर यही सरकारमा गएर सामेल नहुने उहाँले जिकिर गर्नुभयो ।
सरकारमा जाने बारेमा औपचारिक कुरा कसैसँग नभएको समेत उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरुमा छलफल भएको भएपनि सरकार बनाउने भन्नेबारेमा कुनै छलफल भनभएको दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले आफूले राम्रो गर्न खोज्दाखौज्दै सरकार ढालेर अहिलेको सरकार बनेको बताउनु भयो ।