हामी कक्षा कोठाको राजनीतिमा रुमलिँदैनौँः प्रसिद्ध रेग्मी

स्वर्णिम खबर
२ चैत्र २०८१, आईतवार २२:३६

२०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियन स्थापना भएको मकवानपुर बहुमुखी क्याम्पसमा २२ वर्षसम्म क्याम्पस प्रशासनले स्ववियु गठन गर्न दिएन । बिद्यार्थीहरुको निरन्तरको दबाब र संघर्षले २०६० सालमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको गठन भयो । त्यसयता मकवानपुर बहुमुखी क्यापसमा स्वतन्त्र बिद्यार्थी युनियन कृयाशील छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनबाट नेतृत्व लिन अनेरास्ववियु र नेबिसंघको संयुक्त प्यानलबाट अनेरास्ववियुका नेता प्रसिद्ध रेग्मी प्रतिस्पर्धामा उत्रिएका छन् । रेग्मीसंग अनेरास्ववीयु मकवानपुर बहुमुखी क्याम्पस प्ल टु कमिटी संयोजक, अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष, अनेरास्ववियुको जिल्ला कमिटि सदस्य, सहसचिबको नेतृत्व गरेको अनुभव छ । रेग्मीले अघिल्लो कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भएर काम गरेका छन् । यसै सन्दर्भमा उहाँसंग गरिएको संक्षिप्त कुराकानी ।
२०६० सालमा अनेरास्ववियुको नेतृत्वमा नेपाल विद्यार्थी संघ समेत मिलेर २२ वर्षपछि स्ववियु पुनःस्थापना भएको थियो । अहिले अनेरास्ववियु र नेबीसंघकै साझा उम्मेद्वार बन्दा कस्तो अनुभुती भएको छ ?
२०६० सालमा अनेरास्ववियु र नेबीसंघको साझा उम्मेद्वारको रुपमा हाम्रो संगठन अनेरास्ववियुका नेता आदरणीय अग्रज नबिन सिग्देल स्ववियु सभापति बन्नुभयो । अनेरास्ववियुले त्यतिबेला पनि नेबीसंघलाई साथ लिएर स्ववियुको नेतृत्व लिएको थियो । त्यस कमिटिमा नेबिसंघले उपसभापति पाएको थियो । २०६० सालमा स्ववियु निर्वाचन बहिष्कार गर्ने अखिल क्रान्तीकारीसंग संयोगले अहिले हाम्रो प्रतिष्पर्धा छ । हाम्रो त्यतिबेलाको एजेन्डामा साथीहरु पनि आउनुभयो यसमा म खुसी छु । हामीसंग स्ववियुको गर्बिलो ईतिहास छ । स्ववियु स्थापना भएपछि मकवानपुर बहुमुखी क्याम्पसमा क्याम्पस ब्यवस्थापन र सञ्चालनको विधान बन्यो । पुस्तकालय ब्यवस्थित भयो । बिद्यार्थीहरुलाई छात्रबृत्ती प्रदान गर्ने मापदण्ड बनाईयो । अहिले फेरी दुबै संगठन एक भएर निर्वाचनमा जाँदैछौँ । हामीले सफलता हात पार्ने कुरा निश्चित छ । अब हामी क्याम्पसको बृहत्तर बिकासको गुरु योजना सहित अघि बढ्नेछौँ ।
स्ववियुलाई कसरी अगाडि बढाउने योजना बनाउनुभएको छ ?
हामी निर्बाचनमा साझा प्रतिबद्धता सहित जादैछौँ । अहिले मकवानपुर बहुमुखी क्याम्पसमा मकवानपुर जिल्ला बाहिरबाट धेरै बिद्यार्थी उच्च शिक्षाका लागि आउनुभएको छ । उहाँहरुको अध्ययनलाई सहज बनाउन छात्रावासको ब्यवस्थापन गर्नुपर्नेछ । बिद्यार्थीहरुका समस्या ब्यवस्थापनसंग राख्ने र समस्याको समाधान निकाल्ने हाम्रो मुख्य दायित्व हुनेछ । हामी कक्षा कोठाको राजनीतिमा रुमलिँदैनौँ । हामी बिद्यार्थी र क्याम्पस प्रशासन बीच सेतुको काम गर्नेछौँ । पुस्तकालयलाई ब्यवस्थित पार्दै बिद्यार्थीहरुको शैक्षिक गतिबिधीलाई सहयोग पु¥याउनेछौँ । युग सुहाउँदो प्रबिधीको उपयोग सहित शैक्षिक वातावरण सृजना गर्नुपर्छ । अहिलेको डिजीटल प्रबिधीमैत्री शिक्षाको विकासमा स्ववियुले जोड दिनेछ । मकवानपुर बहुमुखी क्याम्पसमा अनुशाशनको वातावरण सृजना गर्नेछौँ । अहिले मकवानपुर बहुमुखी क्याम्पसलाई बदनाम गराउन विभिन्न चलखेलहरु भईरहेका छन् । त्यस्ता गलत गतिबिधी बिरुद्ध स्ववियु निर्भीकता पुर्बक उभिनेछ । समग्रमा क्याम्पसमा गुणस्तरीय शैक्षिक वातावरण निर्माण नै हाम्रो मुख्य एजेन्डा हो । क्याम्पसमा नियमित खेलकुदका गतिबिधीहरु सञ्चालन गर्ने र राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न समेत हाम्रो भूमिका रहनुपर्छ । बिद्यार्थीहरुलाई शीपसंग जोड्दै पार्ट टाईम रोजगारीको अवसर दिलाउन स्ववियुले भुमिका खेल्नुपर्छ । बागमती प्रदेश सरकारले युवा सीप वर्ष घोषणा गरेको छ । हाम्रा साथीहरुलाई सीप र रोजगारीसंग जोड्न हामीले सपोर्टिभ भूमिका खेल्न सक्छौँ ।
मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशकै विश्वविद्यालय बनाउने बागमती प्रदेश सरकारको योजना छ ? यसलाई कसरी लिनुभएको छ ।
मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशकै विश्व विद्यालय बनाउने विषय दिर्घकालिन योजनाको विषय हो । यसका विषयमा गहिरो खोज अनुसन्धान गर्नुपर्छ । यसका लागि स्ववियुले पहल गर्नेछ । हामी तथ्यगत पक्षहरु केलाएर सरकार र क्याम्पस प्रशासनलाई आवश्यक खोज अनुसन्धान सहित सकारात्मक सुझाब दिनेछौँ । यस विषयमा निर्णय लिन सरकार र क्याम्पस प्रशासनलाई सहज बनाउनेछौँ ।
स्ववियु निर्वाचनले क्याम्पसमा राजनिती बढाएको चर्चा हुने गरेको छ ? यसलाई कसरी हेर्नुहुन्छ ?
स्ववियुको गठन बिद्यार्थीहरुको मतद्वारा हुने भएकाले यो पूर्णतय लोकतान्त्रिक पद्दतीबाट गठन हुने संस्था हो । विद्यार्थीहरु माझ लोकप्रीय ब्यक्तिले स्ववियुको नेतृत्व गर्न पाउने कुरा आफैमा सकारात्मक पक्ष हो । यसले युवा बिद्यार्थीहरुको नेतृत्व क्षमतालाई समेत उजागर गर्छ । मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियुको नेतृत्व लिनुभएका नविन सिग्देल, महेश बर्तौला र हिदम लामा अहिले सफल राजनितज्ञका रुपमा स्थापित हुनहुन्छ । सिग्देल र लामाले स्थानीय सरकारमा आबद्ध भएर नेतृत्व लिनु भएको छ । बर्तौला अहिले संघीय संसदमा हुनुहुन्छ । यो त हामी जस्ता युवा बिद्यार्थीका लागि प्रेरणा हो ।
अखिल क्रान्तिकारीबाट उम्मेद्वार बनेका रामकृष्ण घोराईसैनी र बुद्ध बहादुर ब्रम्हुले आफ्नो उम्मेद्वार निश्क्रीय गराई तपाईलाई समर्थन गर्नुभयो ? उहाँहरुलाई कसरी कन्भिन्स गर्नुभयो ?
उहाँहरुप्रति म निक्कै आभारी छु । उहाँहरुको साथ र सहयोगले हामीलाई अघि बढ्न सहज भएको छ । हामीहरुबीच सैद्धान्तिक सहमति हो । हामी सबै एक भएर क्याम्पसको बृहत्तर विकास र बिद्यार्थीहरुको हकहितमा लाग्ने सहमति भएको हो । अब हामीहरुबीच कुनै बिमती छैन । सहमतीका साथ अघि बढेका छौँ । हाम्रो सहयात्रा मकवानपुर बहुमुखी क्याम्पसको विकास र यहाँ अध्ययनरत बिद्यार्थी साथीहरुको हीतमा केन्द्रीत भएर अघि बढ्नेछ । हामी सबै बसेर छलफल भयो उहाँहरु अनेरास्ववियु र नेबीसंघको साझा उम्मेद्वारका पक्षमा उभिन सहमत हुनुभयो ।
तपाईको टीमलाई मतदान गर्नुपर्ने आधार र कारण बिद्यार्थी साथीहरु माझ राखीदिनुस ।
मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियुको पुनःस्थापना गर्न हिजो संघर्ष गर्ने ऐतिहासिक विराशत बोकेका दुई संगठन अनेरास्ववियु र नेबीसंघ अहिले पनि एकै ठाउँमा उभिएका छन् । एकतामा बल हुन्छ । दुबै संगठन एकै ठाउँमा उभिँदा हामी क्याम्पश प्रशासनलाई सकारात्मक मार्गमा हिडाउन सक्छौँ । हाम्रो विगतको गर्विलो इतिहास छ । बर्तमानमा अझै सशक्त ढंगले अघि बढ्ने साझा संकल्प, उद्देश्य र योजना छन् । हामीले आश्वासन बाँडेका छैनौँ । गर्नसकिने कामहरुमात्रै प्रतिबद्धताका रुपमा अघि सारेका छौँ ।हामी स्ववियुलाई Student Government\ Leadership Development Forum को रुपमा बिकास गर्न चाहान्छौं । स्ववियुलाई Student Parliament को रुपमा विद्यार्थी बौद्धिक र आलोचनात्मक चेतना प्रस्फुटन गर्ने साझा प्लेटफर्म बनाउदै त्यस मार्फत बिद्यार्थीका आवाज बुलन्द मुखरित गर्न चाहन्छु । हामी जहिल्यै रचनात्मकतामा बिस्वास गर्छौं । सिर्जनशिलता र अनेरास्ववियु पर्यार्य हुन । यसर्थ हामी प्रशासनको हकमा समेत Advisor of Administration को भुमिका निर्वाह गर्ने गरि आफुलाई तयार गर्छौं । अनुसन्धानमुलक शिक्षा हाम्रो लागि केवल नारा होइनन् । खोज र अनुसन्धानलाई अघि बढाउन त्यसमा रुचि राख्ने विद्यार्थीलाई अनुसन्धान बृती उपलब्ध गराउन पहल गर्छौं । देशभित्र र बाहिरका विश्वविद्यालय, क्याम्पसका विद्यार्थी बिच अध्य्ययन र सिकाई अनुभव आदानप्रदान गर्न Student Exchange Program संचालन गर्नेछौं । धेरै बिद्यार्थी साथीहरुको साथ हामीसंग छ । तसर्थ मेरो नेतृत्वको सम्पूर्ण टिमलाई आफ्नो अमुल्य मतदान गरिदिनुहुन सबै साथीहरुलाई विनम्रता पुर्बक अनुरोध गर्दछु ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु