योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न सरकार लाग्ने छः प्रधानमन्त्री ओली

३ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले परिस्थिति ठिक बनाउन नसकेसम्म योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्ने बताउनुभएको छ ।
आईतवार नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सरकार योजना हिन धैयर्ता र सक्रियतामा नभइ योजनावद्ध सक्रियता, धैयर्तापूर्वक अघि बढिरहेको बताउनुभयो । उहाँले आशावादीताका साथ अघि बढ्दा र योजनासहित अघि बढ्दा असम्भव केही पनि नहुने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्नका लागि संकल्पका साथ अघि बढिरहेको समेत दाबी गर्नुभयो । उहाँले नेपालमा अहिले झुटको खेती धेरै हुने गरेको भन्दै सही र गलत छुट्याएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
लोकतन्त्र एउटा राजमार्ग भएको र राजमार्गमा ब्याक गेयर नलगाइने भन्दै निरन्तर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
प्रधानमन्त्री ओलीले सरकार योजनावद्ध गतिका साथ अघि बढिरहेको बताउनुभयो ।