फोहोर प्लास्टिक संकलन म्याराथुनमा लामा प्रथम

२ चैत्र, हेटौँडा । राष्ट्रिय युवा संघ नेपाल ९ नम्बर वडा कमिटिको आयोजनामा भएको फोहोर प्लास्टिक संकलन म्याराथुन प्रतियोगितामा दिवस लामा प्रथम भएका छन् ।
६ दशमलब ९८ केजी प्लाष्टिक संकलन गर्दै उनी प्रथम भएका हुन् । यस्तै ५ दशमलब ९४ के जी फोहोर संकलन गर्दै दिपु डंगोल द्वितिय भए । ५ दशमलब ०६ केजी फोहोर प्लाष्टिक संकलन गर्दै दिवस खतिवडा तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैया पुरस्कार प्रदान गर्नुभएको थियो ।
हेटौंडा ९ कर्रास्थित गुम्बा चोकबाट सुरु भएको म्याराथुन ४० मिनेटभित्र मानब सेबा आश्रमसम्मको फोहोर संकलन गर्नुपर्ने गरी नियम बनाईएको थियो । तोकिएको समयभित्र घेरै तौल प्लाष्टिकजन्य फोहोर संकलन गर्नेहरुबाट प्रथम, द्वितिय र तृतीय चयन गरिएको थियो ।
नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एवम् प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल लेखा आयोगका प्रमुख सन्तोष चौलागाईले रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । म्याराथुनमा ६० जना युबाहरु सहभागी थिए ।