हावाहुरीले थाहा नगरपालिकाका ८६ घरको छानो उडायो

स्वर्णिम खबर
३० फाल्गुन २०८१, शुक्रबार १७:१५

१ चैत्र, हेटौँडा । बिहिबार  साँझ आएकोे हावा हुरीले थाहा नगरपालिकाका ८६ घरको छानो उडाएको छ ।
असिनापानी सहितको हावाहुरीले थाहा नगरपालिकाका वडा नम्बर ३ , ४ र ५ का घरहरुमा क्षती पुगेको थाहा नगरपालिकाका प्रवक्ता हिरेन्द्रकुमार राइमाझीले जानकारी दिनुभयो । उहाँका अनुसार, सबैभन्दा बढी वडा नम्बर ३ को ५१ घरमा क्षती पुगेको छ । ४ नम्बर वडाका २५ र ५ नम्बर वडाको १० वटा घरको छानो उडाएको छ । हुरीले तरकारी खेतीको लागि बनाएको टनेलमा पनि व्यापक क्षती पुगेको छ ।
हावाहुरीले विद्य्त्का पोलहरु समेत ढलेकाले विभिन्न स्थानमा विद्य्त् सेवा समेत अवरुद्ध भएको छ । शुक्रबार बसेको थाहा नगर बिपद व्यवस्थापन समितिको आकस्मिक बैठकले क्षतिको लगत संकलन गरि प्रति घर ३० हजार रुपैयाँ राहत दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
तत्कालका लागि दामन रेडक्रस, जिल्ला रेडक्रस र वडा कार्यालयको समन्वयमा प्रभावितको अस्थाई बसोबासको लागि ६० थान त्रीपाल उपलब्ध गराइएको दामन रेडक्रसका सभापति मनश्याम बस्नेतले जानकारी दिनुभयो ।
हावाहुरी र असिनाको कारण टनेल र खेतीपातिमा असर पुग्दा लाखौको क्षेती पुगेको थाहा नगर कृषि शाखाले जनाएको छ । कृषि शाखाका अनुसार प्राविधिक हरुले लगत संकलन गर्ने कार्य भैरहेकोले क्षतिको एकिन जानकारी २–३ दिनमा आउने जानकारी दिएको छ । असिनाले थाहाको ३,४,५,६,७ र ८ नम्बर वडामा लगाइएको तरकारी बालीमा क्षति पु¥याएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु