युवा संघ मकवानपुरद्वारा होली मिलन कार्यक्रमको आयोजना

२९ फागुन, हेटौँडा । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले होली पर्वको अवसरमा होली मिलन कार्यक्रमको आयोजना गरेको छ ।
संघले हेटौंडा ५ स्थित एमाले पार्टी कार्यालयमा कार्यक्रम गरेको हो । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरका जिल्ला संयोजक राजेश नगरकोटीको सभाध्यक्षतामा एवम् राष्ट्रिय युवा संघ नेपालका लेखा आयोग प्रमुख सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले एक आपसमा रंगहरु लगाउँदै होलि खेलेर आ–आफ्नो खुशी आदानप्रदान गरेका थिए ।
नेकपा एमालेका केन्द्रिय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा, भुमि आयोग मकवानपुरका अध्यक्ष बलराम बल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।