सामुदायिक केवल र टिम टेलिभिजनको संयुक्त आयोजनामा होली मिलन कार्यक्रम सम्पन्न

स्वर्णिम खबर
२९ फाल्गुन २०८१, बिहीबार १८:५७

२९ फागुन, हेटौँडा । हेटौडा उपमहानगरपालिका १ स्थित मकवानपुर सामुदायिक केवल प्रा.लि र टिम टेलिभिजन प्रालिले संयुक्त होलि विशेष सास्कृतिक कार्यक्रम गरेका छन् ।
आपसी सद्भाव र समन्वय कायम राख्न विगतका वर्षमा झै यस वर्षपनि होलि विशेष कार्यक्रम आयोजना गरिएको टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडाले बताउनुभयो । कला संस्कृति र परम्पम्परालाई कायम राख्ने उद्देश्यदे हरेक वर्ष यस्तो कार्यक्रम गरिदं आएको उहाँले बताउनुभयो । टेलिभिजनको प्राङगणमा सञ्चालित कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तूति समेत रहेको थियो ।
कार्यक्रममा टिम टेलिभिजनका सञ्चालक एवम् सम्पादक समेत रहनुभएका नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले होली पर्वको महत्वको बारेमा जानकारी गराउनुभयो । रंगै रङको पर्व होली सामाजिक सद्भावको पर्व भएको उल्लेख गर्दै होलीले एक अर्कामा माया प्रेम स्नेह प्रदान गर्ने बताउनुभयो ।
होली विशेष कार्यक्रममा प्रेस युनियनका अध्यक्ष सुवास विडारी, प्रेस चौतारीका अध्यक्ष सरिता दाहाल, पत्रकार महासंघ बागमती प्रदेश सदस्य उज्लल अधिकारी, समाजवादी प्रेस संगठनका जिल्ला उपाध्यक्ष जि न्यौपाने , प्रेस सेन्टरकी सहसचिव जमुना थिङ, सञ्चारिका मकवानपुर अध्यक्ष निशा गुरुङ लगायत मकवानपुरका सञ्चारकर्मी, स्थानीय लगायत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु