पत्रकार महासंघ मकवानपुर शाखाले मनायो होली

स्वर्णिम खबर
२९ फाल्गुन २०८१, बिहीबार १८:५५

२९ फागुन, हेटौँडा । फागूपूर्णिमा अथवा होली पर्वका अवसरमा बिहिबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखा कार्यालय भवनमा महासंघका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा होली मिलन कार्यक्रम भएको हो । होली पर्वका अवसरमा विभिन्न रङ्ग दल्दै शुभकामना आदान प्रदान गरेर पर्व मनाएका थिए ।
साथीभाईबीच भएको रिसरागलाई अन्त्य गर्दै एक आपसमा रङ्ग साटासाट गर्दै फागूपूर्णिमा मनाउने गरिन्छ । कार्यक्रममा पत्रकार महासंघका बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताव विष्ट, अध्यक्ष कृष्ण सारु मगर, उपाध्यक्ष हरि हुमागाई लगायत मकवानपुरका सक्रिय संचारकर्मीहरुको सहभागिता रहेको थियो । होली पर्वकै अवसरमा नेपाल प्रेस युनियन मकवानपुरले पनि होली मिलन कार्यक्रम गरी पर्व मनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु