मेलाको टिकट दर वृद्धि गरेको भन्दै एमाले मनहरीको आपत्ती

स्वर्णिम खबर
२८ फाल्गुन २०८१, बुधबार १९:१३

२८ फागुन, हेटौँडा । नेकपा एमाले मनहरी गाउँपालिका कमिटीले मेलाको टिकट दर वृद्धि गरेको विषयमा आपत्ती जनाएको छ ।
मनहरीमा जारी खेलकुद तथा व्यापार मेलाको प्रवेश टिकटको दर वृद्धि गरिएको भन्दै आपत्ति जनाएको हो । बुधबार एमाले मनहरीले विज्ञप्ती जारी गर्दै मनहरी गाउँपालिका–८ सिमपानीमा चलिरहको मेलाको टिकट दर बढाएर नागरिकलाई ठगि गरिरहेको जनाएको छ ।
आयोजकले बिहीबार टिकटको मुल्य बढाएर बिक्री गर्न लागेको एमाले अध्यक्ष नविन सुवेदीले बताउनुभयो । सरोकारवाला संघसंस्था, राजनीतिक पार्टी, नेकपा एमाले लगायत अन्य राजनीतिक दलहसँग सरसल्लाह समेत नगरी स्थानीय सरकारको लगानीमा चरम आर्थिक मन्दीका बीच महोत्सव सञ्चालन गर्दा मनहरीका व्यापारी र व्यवसायीहरु मारमा परेको उहाँको भनाई छ ।
उहाँका अनुसार नियमित रुपमा ७० रुपैयाँमा बिक्री गरेको प्रवेश टिकट फागु पूर्णिमाको अवसर पारेर प्रतिव्यक्ति २५० रुपैयाँ राखेकोमा आपत्ति जनाइएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

  • प्रतिक्रियाहरु