नेपालमा धर्मनिरपेक्षताको जननी माओवादीः अध्यक्ष दाहाल

२८ फागुन, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालमा धर्मनिरपेक्षताको जननी माओवादी भएको बताउनुभएको छ ।
बुधवार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समावेशिता, समानुपातिकता, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, सबैको जन्मदाता माओवादी भएको बताउनुभयो ।
उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासबाट परास्त भएका प्रतिगामी शक्तिहरुले वर्तमान गठबन्धन सरकारको जनबिरोधी क्रियाकलापबाट असन्तुष्ट भएका जनतालाई भ्रम दिएको आरोप लगाउनु भयो ।
उहाँले पूर्वराजा शाहको गतिविधिलाई हुंकार दिनकै लागि तराई मधेस जागरण अभियान स्थगित गरेर काठमाडौं आएको बताउनु भयो । अध्यक्ष दाहालले प्रतिगामी चलखेललाई सफल हुन नदिने बताउनु भयो ।